१३ आश्विन २०८१, आइतबार

तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु


मृत

सिमकोट, (हुम्ला) । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटेल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो ।

हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताए । हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्‍याइने भण्डारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !