२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डद्वारा मेलम्ची खानेपानी पुनर्वितरणको शुभारम्भ


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजदेखि काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी पुनर्वितरणको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन् ।

मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन प्रधानमन्त्री प्रचण्डले आज बिहान सिंहदरबार भित्रै कार्यालय परिसरको धारा खोलेर उद्घाटन गरेका हुन् । धाराबाट पानी पिउँदै प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी पुनर्वितरणको शुभारम्भ गरेका हुन् ।

उपभोक्ताको घरमा भने त्यसअघि नै पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ ।

हाल मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ । त्यसपछि क्रमशः खुमलटार, बालाजु, बोडे सबैतिरका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिने बताइएको छ । बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !