३ जेष्ठ २०८१, बिहिबार

बल्खुमा अप्सराको हत्या गरेर फरार ६ वर्षपछि पक्राउ


जगत विश्वकर्मा र शिवराम अधिकारी

काठमाडौं । काठमाडौँको बल्खुमा एक महिलाको हत्या गरी फरार रहेका ६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा रहेका हुन् ।

६ वर्षअघि भएको एउटा हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका २ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज सार्वजनिक गरेको हो ।

प्रहरीले विश्वकर्मा र मुख्य योजनाकार रहेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखराका ४६ वर्षीय शिवराम अधिकारीलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो । अधिकारी भने यसअघि नै चोरी मुद्दामा जेलमा रहेका थिए ।

प्रहरीले उनीहरूलाई मकवानपुरको मनहरी गाउँपालिका–३ (साविक हाँडिखोला–६) की अप्सरा भनिने ५० वर्षीय नारायणी तिमिल्सिनाको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

उनी ०७४ पुस ३० गते मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले ०७४ पुस २९ गते राति १०–११ बजेको समयमा उनको हत्या भएको हुन सक्ने अनुमान गरेको छ । अनुसन्धानका क्रममा हत्यामा उनीहरू दुवैजनाको संलग्नता रहेको खुलेको थियो ।

शिवराम भने २०७९ साल कार्तिक २७ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा नै रहेको खुलेको थियो । प्रहरीले घटनाको अनुसन्धानपछि गएको साउन २४ गते पीडितको जाहेरी लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटीमा पठाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !