१३ आश्विन २०८१, आइतबार

बारामा बस र ट्रक आपसमा ठोक्किंदा ३ जनाको मृत्यु, २७ जना घाइते


बस र ट्रक आपसमा ठोक्किंदा

बारा । बारा जिल्लामा बस र ट्रक एक आपसमा ठोक्किंदा ३ जनाको मृत्युछ भने २७ जना घाइते भएका छन् । बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज बुधबार बिहान २ बजे बस र ट्रक जुध्दा उक्त दुर्घटना भएको हो ।

काकड्भिट्टाबाट काठमाडौँ आउदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान बाराको अमलेखगञ्जमा ठोक्किएका थिए ।

दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको हेटौंडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज पठाइएको र अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !