१६ असार २०८१, आइतबार

थप दुईको विवरण अाउन बाँकी, घटनाको घोर भर्त्सना र निन्दा:नेपाल सरकार


Kamal-Thapa

६,असार काठमाडौ- नेपाल सरकारले अफगानिस्तानमा नेपालीहरुमाथि भएको आत्मघाती अाक्रमण  मानवता बिरोधी  हिंसाको संज्ञा दिएको छ। व्यवस्थापिका संसदको आज बसेको आकस्मिक बैठकले यो घटनामा मृत्यु भएका दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै तथा घाइते हरुको स्वास्थ्य लाभको कामना गर्दै उक्त आक्रमणको घोर भर्त्सना र निन्दा गरेको छ।

सोमबारको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले काबुल आक्रमणको जानकारी गर्दै भनेका छन्।घटनाबारे बिषेश छलफल गरी अन्तराष्टिय समुदायको गम्भिर ध्यानाकर्षण गरी अपराधीलाई तत्कालै कानुनी कठघरामा ल्याउन सम्पुर्ण समयन्त्र प्रयोग गर्ने बताउनुभयो।

‘घटनाबारे नेपाल सरकारले गरेका निर्णयहरु:
१) शव नेपाल ल्याउन र तत्कालिन विवरण प्राप्त गर्न पाकिस्तानस्थित कार्यवाहक राजदूतलाई पठाइयो।
२)ज्यान गुमाउने र घाइते नेपालीहरुका घर-परीवारलाई आवश्यक सुचना र सहयोग पुर्याउन परराष्ट्र मन्त्रलायमा डेक्सको स्थापना गरीयो।
३)घटनावारे आवश्यक अनुसन्धान एव्म कारबाहिका लागी बिषेश संयन्त्रको प्रयोग गर्ने।

पराराष्ट्र मन्त्रलाय पछिल्लो जानकारी अनुरुप मृतक र घाइतेको नाम:
थप दुईजनाको विवरण अाउन बाँकी 

घटनामा परी ज्यान गुमाउनेहरू
अकुल तामाङ, सुनसरी
चन्द्रबहादुर रानामगर, काठमाडौं
हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं
विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं
अमृतबहादुर थापा, लमजुङ
सुपबहादुर गुरुङ, स्याङ्जा
डम्बरबहादुर तामाङ, नुवाकोट
मधुसुदन कोइराला, नुवाकोट
लिलबहादुर गुरुङ, नुवाकोट
नवीनसिंह क्षेत्री, पर्वत
कृष्णबहादुर ढुंगाना, चितवन
जितेन्द्रसिंह थापा, बुटवल

घाइतेहरुको नामावली:
प्रेमबहादुर क्षेत्री, मोरङ
चेतप्रसाद शेरचन,
म्याग्दी कुमारबहादुर गुरुङ,
गोरखा मानवहादुर थापा, चितवन
कृष्णकुमार देउजा, चितवन
अमृत रोकाया क्षेत्री, सुर्खेत
च्याङ्वा तामाङ, नुवाकोट

थप दुईजनाको विवरण अाउन बाँकी  र उनीहरुको वारेमा छिट्टै जानकारी दिने जानकरी दिएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !