११ श्रावण २०८१, शुक्रबार

नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा


उमेश थानी

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । उनले आज दिउँसो ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् ।

उद्योग मन्त्री रमेश रिजालले थानीको राजीनामा आएको पुष्टि गरे । थानीले राजीनामाको कारण भने नखुलाएको मन्त्री रिजालले बताए ।

निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिएका हुन् । थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !