१२ असार २०८१, बुधबार

चाँगुनारायणमा ‘एक समुदाय, एक प्रथम उद्धारकर्ता टोली’


चाँगुनारायण नगरपालिका

भक्तपुर । चाँगुनारायण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउन लागिएको छ । यसका लागि नगरपालिकाले प्रत्येक वडालाई विपद् व्यवस्थापनयुक्त बनाउन आवश्यक कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।

नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका घोषणा गर्न ‘एक समुदाय, एक प्रथम उद्धारकर्ता टोली’ तयार गर्न चालु आर्थिक वर्षमा नगरपालिकाले वडास्तरमा द्रुत प्रतिकार्य टोली गठन गरी प्रशिक्षण दिएर दक्ष जनशक्ति तयार पारेको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए ।

थप तयारीका लागि चाँगुनारायण नगरपालिकाले शनिबार प्रत्येक वडामा आधारभूत खोज तथा उद्धारका सामग्री हस्तान्तरण गरेको छ । नगरप्रमुख खत्रीले भने, “हाम्रो नगरपालिकामा कुनै पनि विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई अति न्यूनीकरण गर्दै नगरवासीलाई सुरक्षित बनाउनका लागि उच्च प्राथमिकतामा राखेर विपद् व्यवस्थापनका कार्यक्रम एवं गतिविधिलाई अगाडि बढाएका छौँ, नगरपालिकाले विपद् प्रतिकार्यका लागि एक समुदाय एक प्रथम उद्धारकर्ता टोली, एक वडा एक द्रुत प्रतिकार्य टोली गठन गरी आवश्यक तालिम प्राप्त दक्ष जनशक्ति तयार पार्ने कार्य गरेका छौँ, खोज तथा उद्धारका लागि प्रत्येक वडामा उद्धार सामग्री हस्तान्तरण गरेका छौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !