१९ असार २०८१, बुधबार

रु ४० अर्ब विदेश दातृ निकायबाट प्राप्त


तीन करोड

२६ जेठ, काठमाडौँ । सामाजिक संस्थाले सरकारलाई सहयोगी भूमिका खेलेर काम गर्नुपर्नेमा जोड दिइएको छ ।

एक्सनएड नेपालले शुक्रबार आयोजना गरेको ‘१५औँ राष्ट्रिय समाजिक लेखाजोखा’ कार्यक्रममा राष्ट्रियसभाका सदस्य डा. विमला राईले सामाजिक संस्थाले मुलुक परिवर्तन गर्न ठूलो भूमिका निर्वाह गरेको उल्लेख गर्दै तिनले राज्य र जनताको बीचमा रहेर पुलको काम गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले मुलुकको समृद्धिमा सामाजिक संस्थाले साथ दिनुपर्ने बताउँदै गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबीच समन्वयको खाँचो औँल्याउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सदस्य डा. विष्णुबहादुर भण्डारीले स्थानीय तहलाई विकास निर्माणसँग जोडे मात्र मुलुकको विकास हुने धारणा राख्नुभयो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका अध्यक्ष डा. शिवेशचन्द्र रेग्मीले वार्षिक रु ४० अर्ब विदेश दातृ निकायबाट नेपालको विकासका लागि आउने गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा एक्सनएड नेपालका बोर्ड अध्यक्ष सुभाष केसीले गैससले आफ्नो काम र आर्थिक खर्चको पारदर्शिता गर्नुपर्ने मान्यताका आधारमा एक्सनएड नेपालले सामाजिक लेखाजोखा सार्वजनिक गरेको बताउनुभयो । उहाँका अनुसार एक्सनएड नेपालको २०१७ को वार्षिक बजेट करीब रु ६६ करोड एक लाखमध्ये करीब रु ६४ करोड ४८ लाख खर्च भएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !