११ आश्विन २०८१, शुक्रबार

स्थानीय तह जवाफदेही बन्नुपर्छ : आयुक्त डा. गुरुङ


sabitra thapa

२५ जेठ, धनकुटा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सावित्रा थापा गुरुङले सुशासनको प्रत्याभूति दिलाउँदै जवाफदेही सेवा प्रवाह गर्न स्थानीय तहलाई निर्देशन दिनुभएको छ ।

बिहीबार धनकुटा जिल्लास्थित सरोकारवाला निकायको सहभागितामा भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषय अन्तक्र्रिया कार्यक्रममा स्थानीय तहले भ्रष्टाचारमा शून्य सहनशीलता व्यवहारमा देखाउनुपर्ने बताउनुभयो ।

जिल्लाका सातवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष एवं जिल्लास्थित कार्यालयका प्रमुखलाई सिंहदरबारको अधिकार वडा कार्यालयबाट सेवा प्रवाह हुने भएकाले जनअपेक्षाअनुसार सरकारले तोकेका ऐन, नियम र कार्यविधिको परिपालना गर्नसमेत अग्रह गर्नुभयो ।

सबै प्रकारका सेवाप्रदायक कार्यालयमा बडापत्र राख्ने, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने एवं सेवाग्राहीमैत्री कार्यालयको वातावरण राख्न निर्देशन दिनुभयो ।

बहुराष्ट्रिय चासोको विषय बनेको भ्रष्टाचार पछिल्लो समय नेपालमा जनसरोकारका कार्यालय शिक्षा, स्वास्थ्य, स्थानीय तह, भौतिक निर्माणका कार्यालयका अत्यधिक उजुरी आयोगमा पर्ने गरेका कारण थप सजग हुन आयुक्त गुरुङले निर्देशन दिनुभयो ।

यस वर्ष धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लामा अख्तियार दुरुपयोग गरेका कूल १२७ उजुरीमध्ये ५१ वटा मात्र बाँकी रहेका छन् भने अन्य किनारा लगाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, धनकुटाले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !