२३ जेठ, दमक । एकसाता भन्दा बढी समयदेखि भारतको सिलगुढीमा उपचाररत भुटानी शरणार्थी अगुवा डा. भम्पा राईको उपचारमा सहयोग जुटाउन दमक क्षेत्रका सामाजिक संघसंस्थाहरुले चासो देखाएका छन् ।
शिविरमा स्वदेशफिर्ती अभियान चलाइरहेका शरणार्थी नेता डा राईको आन्द्राको शल्यक्रिया गरिएको र थप उपचारमा सहयोग पु¥याउन यस क्षेत्रका संघसंस्थाहरुले चासोका साथ अभियान थालेका छन् ।
डा. राईको सातादशदिन अघि भारतको सिलगुढीस्थित आनन्दलोक हस्पिटलमा आन्द्राको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि उहाँ त्यहाँ उपचाररत हुनुहुन्छ ।
७२ बर्षीय डाक्टर राईको उपचारमा सहयोग पु¥याउन दमक पव्लिक लाइव्रेरी, दमक जेसीज र नेपाल रेडक्रस सोसाईटी, उपशाखा दमकले संयुक्त रुपमा बैक खाता नै खोलेर अभियान थालेका हुन् ।
अभियानकर्मीहरुले राईको सहयोगमा एसवीआई बैक दमकमा २१९१५२४१४०५७५५ नं खाता खोलिएको र इच्छुक दाताहरुसंग सहयोग गरिदिन आग्रह समेत गरिएको अभियानमा संलग्न दमक जेसीजका अध्यक्ष चन्द्र खत्री दाहालले जानकारी दिनुभयो ।
डा.राईले दमकमा रहेर धेरै बिरामीहरुको स्वास्थ्य उपचार गरेर अपुरणीय गुण लगाउनुभएकाले उहाँको दुखको अवस्थामा सघाउन संयुक्त अभियान थालिएको अध्यक्ष खत्रीले बताउनुभयो । जीवनमरणको दोसाधमा रहेका डा. राईको उपचारमा आर्थिक अभाव भएकाले उनको उपचारमा थोरै भएपनि सघाउन अभियान थालिएको पव्लिक लाइव्रेरीका अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिनुभयो ।
डा राई आफैँ बिरामी छन् भने श्रीमती उर्मिलासमेत विगत सात महिनादेखि दुवै मिर्गौला समस्याले उपचाररत हुनुहुन्छ । उहाँले विर्तामोडको विर्तासिटी हस्पिटलमा डाइलाइसिस गरिआउनुभएको छ । भुटानी शरणार्थी स्वदेश फिर्ती समिति (वीआरसीसी) का अध्यक्षसमेत रहनुभएका डा. राई स्वदेश फिर्ती अभियान चलाउँदै आउनुभएको छ ।(रासस)