काठमाडौं । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा लगाइएको ‘निषेधाज्ञा’ आज बिहानदेखि हटेको छ । डेंगी संक्रमण रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबारदेखि निषेधाज्ञा लगाएको थियो ।
निषेधाज्ञा लगाएर धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको थियो । धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको थियो ।
निषेधाज्ञा हटाएसँगै आइतबार बिहानैबाट धरानमा चहलपहल शुरु भएको छ । साम्रदायिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले धरान उपमहानरपालिका क्षेत्रमा गएको शुक्रबार रातिदेखि शनिबार रातिसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।
मन्दिरको अगाडि चर्च बनाएको र सार्वजनिक रुपमा गाेरुकाे मासु काटेर खाएकाे विराेधमा हिन्दु अभियान्ताले धरानमा शनिबार प्रदर्शनकाे तयारी गरेका थिए । पहिचान पक्षधरले प्रतिकार गर्ने बताएपछि स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेर प्रवेश नामा कडाइ गरेकाे थियो ।