९ मंसिर २०८१, आइतबार

भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना काठमाडौंबाट पक्राउ


कैदीबन्दी तस्वीर सौजन्य : कमल प्रसाई

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित बालसुधार गृहको ढोका तोडेर भागेका सयौं कैदीबन्दीमध्ये ८४ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

बालसुधार गृहमा विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका भगुवामध्ये ८४ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । क्त बाल सुधार गृहमा सजाय काटिरहेका रामेछापको मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो ।

प्रदर्शनकै मौका छोपेर सुधारगृहका झ्याल र पर्खाल फुटाएर उनीहरू भागेकामध्येका ८४ जनालाई प्रहरीले पुन: नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार भागेकामध्ये ६० भन्दा बढीलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको छ ।

भागेका व्यक्तिलाई नियन्त्रणमा लिन उपत्यकाका ३ वटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ । २०० भन्दा बढी व्यक्ति सुधारगृहबाट भागेका थिए ।

अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बाल सुधार गृहमा थिए । थुनुवाहरु तोडफोडसहित फरार भएपछि नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !