काठमाडौँ । सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । ६० केजी ७१६ ग्राम किलो सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
सीआईबीका अनुसार पक्राउ पर्नेहरुमा तीन जना पुरुष र एक जना महिला रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार चिनियाँ नागरिकलाई सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।
हिजो मंगलबार राति राजधानीका विभिन्न स्थानबाट तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई गरी ४ जना पक्राउ परेका हुन् । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदातलमा उपस्थित गराइएको छ ।