१० मंसिर २०८१, सोमबार

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा थप दुई डाक्टर पक्राउ


ललिता निवास प्रकरण

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा थप दुई डाक्टर पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाण पत्र र प्रमाण पत्रमा किर्ते गरेको आरोपमा थप दुई डाक्टरलाई पक्राउ गरेको हो ।

सीआईबीले त्रिवि शिक्षण अस्पतालका डाक्टर अमृत चौधरी र महोत्तरीका डाक्टर रञ्जितकुमार यादवलाई पक्राउ गरेको हो । रञ्जित हाल कुन अस्पतालमा कार्यरत छन् भन्ने अझसम्म खुलेको छैन ।

नेपाली कांग्रेसका सांसद समेत रहेका डा. सुनिलकुमार शर्मा पनि नक्कली शैक्षिक प्रमाण पत्रकै आरोपमा आज पक्राउ परेका थिए । सीआईबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत अहिलेसम्म ती जना डाक्टर पक्राउ परेका हुन् ।

यो पनि पढ्नुहोस्

काँग्रेसका सांसद सुनिल शर्मा पक्राउबारे संसदलाई जानकारी

कांग्रेसका सांसद सुनिल शर्मा प्रहरी नियन्त्रणमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !