२ मंसिर २०८१, आइतबार

सुन तस्करी प्रकरण : सेयर कारोबारी राकेश अडुकियाको घरमा छापा


बरामद भएको अवैध सुन

काठमाडौँ । राजस्व अनुसन्धान विभागले सेयर कारोबारी राकेश अडुकियाको घरमा छापा मारेको छ । करिब एक क्विन्टल अवैध सुन प्रकरणमा कमलपोखरीस्थित उनको घरमा आज बुधबार राजस्व विभागले छापा मारेको हो ।

उनले पछिल्लो वर्षहरुमा हङकङ, यूएई र भारतमा शंकास्पद भ्रमण गरेको समेत पाइएको अधिकृतहरु बताउँछन् । विभागका एक अधिकारीका अनुसार आज उनको घरमा छापा मारी केही सामान जफत समेत गरेको जनाएको छ ।

उनको पछिल्लो ट्राभल हिस्ट्रीका आधारमा अनुसन्धानले निगरानी बढाएको थियो । अनुसन्धानका क्रममा बुधबार अनुसन्धान विभागले उनको घरमा छापामा मारेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !