१२ आश्विन २०८१, शनिबार

ललिता निवास प्रकरण : नक्कली मोही बनेर जग्गा हडप्ने दुईजना पक्राउ


ललिता निवास जग्गा प्रकरण

काठमाडौँ । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।

नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले आज सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो ।

उनीहरुलाई नक्कली मोही बनाएर रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाल लगायतले सरकारी जग्गा हडपेको प्रहरी अनुसन्धानले देखाएको छ । योसहित ललिता प्रकरणमा पक्राउ पर्नेको संख्या २२ जना पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !