२४ बैशाख २०८१, सोमबार

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध


नारायणगढ-मुग्लिन सडक फाइल फोटो

मुग्लिन । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ ।

अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिए । पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !