२० असार २०८१, बिहिबार

इपीएस भाषा परीक्षा असार ४ र ५ गते: चार चरणमा परीक्षा संचालन


eps korea

४ असार, काठमाडौं-रोजगार अनुमति प्रणाली-इपीयस कोरीयाको भाषा परीक्षा अाजवाट सुरु भएको छ, परीक्षार्थीलाई चार चरणमा विभाजन गरी परीक्षा सन्चालन भएको छ, जसअन्तर्गत आज बिहान ८ बजे पहिलो र अपरान्ह १२ बजे दोस्रो परीक्षा सन्चालन हुने छ,र भोली पनि सोहि समय अनुरुप तेस्रो र चौथो चरणमा परीक्षा सन्चालन हुने छ।

शनिवार र आइतवार दुई दिनमा हुने परीक्षाका लागी, काठमाडौमा १८ र पोखरामा ३ परीक्षाकेन्द्र निर्धारण गरिएको छ।

परीक्षाको पुर्णाङ्क २०० रहेको छ, जसमा ईपीएस लेखाइको १०० अंक र सुनाइको १०० अंक रहेको छ, परीक्षा बस्तुगत मोडेलमा हुनेछ,  जसमा लेखाइमा २५ प्रश्न रहने छन् परीक्षार्थी ले प्राप्त प्रश्नपत्रको आधारमा आफ्नो उत्तरपुस्तिकामा मिल्ने कुनै एकमा गोलो चिन्ह लगाउनु पर्ने छ,त्यस्तैगरी सुनाई अन्तर्गत पनि २५ प्रश्न रहने छन, जसमा परीक्षार्थीले टेप रेकड सुनेर उपयुक्त उत्तर मा गोलो चिन्ह लगाउनु पर्ने छ।

यस वर्ष ५२ हजार दुई सय २२ पुरुष र ८  हजार ४ सय चार महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार एक सय ७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार चार सय ५१ छन् ,कोरियाले यो वर्ष ३१०० जना कामदारको लागि कोटा खुलाएको छ, तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् ।

परीक्षा दिन आउँदा आवेदन दर्ता गर्दा पेस गरिएको राहदानीको सक्कल र प्रवेशपत्रको सक्कल लिई आउनुपर्ने व्यवस्था गरिएको छ ।
आउँदो साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरू सन् २०१७ देखि कोरिया जान पाउने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !