असार ३, २०७३ काठमाडौ, नेपाल प्रेश युनियन महिला केन्द्रीय विभागको राष्ट्रिय भेला कार्यक्रममा प्रमुख प्रतिपक्षी कांग्रेसका केहि नेताहरुको पनि उपस्थिति रहेको थियो, कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी केहि नेताको भनाई:

राष्ट्रिय सहमति बिना चुनाव हुन नसक्ने भन्दै एकलौटी रुपमा कार्यतालिका ल्याएर सरकारले सस्तो लोकप्रियता मात्रै बटुल्न खोजेको बताए, एकलौटी आफ्नै किसिमले चुनावी कार्यतालिका ल्याइएको छ, ‘०७४ माघ अगाडि संविधानको कार्यान्वयनका लागि सयौं कानुन र संविधान अनुसारको शासकीय संरचना बनिसक्नुपर्छ।
उनले भने ‘त्यसका लागि राष्ट्रिय सहमति नभई हुन्न तर, सरकार त्यसतर्फ गम्भीर छैन, सत्ताका लागि होइन व्यवस्थाका लागि राष्ट्रिय सहमति हुनुपर्ने उनको भनाई थियो ।
मँहगी, भ्रष्टचार नियन्त्रण र पुनर्निर्माणमा असफल सरकारको चिन्ता राष्ट्रभन्दापनि विरोधीलाई ठेगान लगाउने दाउमा मात्रै रहेको उनको आरोप थियो । उनले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाईपनि सहमतिमा ल्याएर संविधान कार्यान्वयनको दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिए ,सरकार र मोर्चाबीचको जुहारीले मुलुकले स्थिरता नपाउने भन्दै उनले सहमतिका लागि कांग्रेसले अगुवाई लिनुपर्ने बताए । ‘अब कांग्रेसले सरकार र मोर्चाबीच सहमतिको बिन्दु खोज्न नेतृत्व लिनुपर्छ ।
सत्तामा रहेर वा नरहेरपनि कांग्रेसको प्रमुख जिम्मेवारी संविधान कार्यान्वयन रहेको बताए । ‘संविधान कार्यान्वयन र पुनर्निर्माणमा सरकारको ध्यान गएको छैन,’ उनले भने ‘प्रतिपक्षमा रहेरपनि सत्तापक्षलाई ठीक ठाउँमा ल्याउनुपर्ने हाम्रो भूमिका रहनुपर्छ ।’ संविधान ल्याएको कांग्रेसले कार्यान्वयनकोपनि नेतृत्व र जिम्मेवारी लिनुपर्ने भन्दै उनले त्यसका लागि सिंगो मुलुकलाई साझा ठाउँमा ल्याउने भूमिका खेल्नुपर्ने बताए ।

राजनीतिक सहमति बिना सरकारले ल्याएको कार्यतालिका कार्यान्वयनको सम्भावना नरहेको बताए । उनले झूठको पुलिन्दा नबाँड्न सरकारलाई आग्रह गरे ।
सोही कार्यक्रममा नेता पुर्णबहादुर खड्कालेपनि सरकारले ल्याएको कार्यतालिका कार्यान्वयनका लागि १० प्रतिशतपनि काम नगरेको बताए । ‘संविधान बनाउन जतिको पेचिलो काम थियो, कार्यान्वयन पनि उत्तिकै चुनौतिपूर्ण छ,’ उनले भने ‘त्यसकालागि प्रमुख दलहरु एक ठाउँमा उभिनै पर्छ । तर, सत्तापक्ष त्यसमा उदासिन छ ।’













