१२ आश्विन २०८१, शनिबार

अर्थतन्त्र चलायमान बनाउन भन्दै सरकारले खोल्यो जग्गाको कित्ताकाट


घरजग्गा कारोबार

काठमाडौँ । सरकारले सबै ठाउँको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको छ । आज मंगलबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र चलायमान बनाउन सबैतिरको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको हो ।

भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएकाले त्यसलाई सहज बनाउन उक्त निर्णय गरेको हो ।

यसअघि भू-उपयोग नियमावली जारी भएपछि वर्गीकरण गरेर मात्रै जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरिएको थियो । तर, अहिलेसम्म लगभग ६ सय बढी स्थानीय तहले जग्गाको वर्गीकरण गर्न नसकेपछि कित्ताकाट रोकिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै कित्ताकाट रोकिँदा घरजग्गामा भएको लगानी फ्रिज हुँदा अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै पूरानै अवस्थाबाट कित्ताकाट खोल्ने बताएका थिए । तर अब सबै पालिकामा जग्गा कित्ताकाट गर्न पाइनेछ । सोही अनुसार सरकारले वर्गीकरण बिना नै जग्गाको कित्ताकाट खोलेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !