८ मंसिर २०८१, शनिबार

भक्तपुरको बालकोटमा ढल खन्दा पुरिएका दुईमध्ये एक मजदुरको मृत्यु


बालकोटमा ढल

भक्तपुर । भक्तपुर जिल्लाको बालकोटमा ढल खन्दा पुरिएका दुई जनामध्ये एक जना मजदुरको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा ढल खन्ने क्रममा दुईजना मजदुर पुरिएका थिए ।

रागिनी हाइटमा कौशलटारबाट सिरुटार जाने सडकको २० मिटर भित्रको बस्तीमा नयाँ ढलको विस्तार भइरहँदा ढिस्कोले दुईजना पुरिएका थिए । उपचारका क्रममा सुनसरीको गढी गाउँपालिका-२ स्थायी घर भई बालकोट बस्दै आएका २२ वर्षीय नितेश सदाको मृत्यु भएको हो ।

त्यस्तै सोही ठेगाना भएका ३० वर्षीय सियाराम सदाको उपचार जारी प्रहरीले जनाएको छ । सियाराम पनि भने बोल्न सक्ने अवस्थामा रहेका छन् । उनलाई साढे ५ बजे उद्धार गरी उपचारको लागि नजिकैको भक्तपुर ईन्टरनेशनल अस्पताल लगिएको थियो ।

ढलको काम भइरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरू पुरिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !