१३ आश्विन २०८१, आइतबार

सहिद प्रतिष्ठान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं


सहिद प्रतिष्ठान नेपाल

काठमाडौं, २६ चैत । सहिद प्रष्ठिान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं चयन भएकी छन् । प्रतिष्ठानको १३ औं साधारणसभाबाट चापागाइँको अध्यक्षतामा सात सदस्यदीय नयाँ कार्य समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा हेमराज शर्मा, महासचिव युवराज चौलागाइ, कोषाध्यक्ष चित्रबहादुर घर्ती र सदस्य गोपालकृष्ण न्यौपाने चयन भएका छन् । समितिमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट सदस्य चयन गर्न बाँकी रहेको छ ।

प्रतिष्ठानमाताहत देशका विभिन्न स्थानमा सहिदस्मृति आवासीय विद्यालयहरु सञ्चालन हुँदै आएका छन् । साधारणसभाले उच्च तथा प्राविधिक शिक्षामा जोड दिंदै विद्यालयहरुलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

साधारणसभाको उद्घाटन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !