९ असार २०८१, आइतबार

न्यायाधीश भुवन गिरीलाई पक्राउ गर्न अदालतको अनुमति


न्यायाधीश भुवन गिरी

कपिलवस्तु । न्यायाधीश भुवन गिरीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । न्याय परिषद्‌‌मा कार्यरत न्यायाधीश गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

जिल्ला अदालत कपिलवस्तुले सोमबार प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको माग अनुसार जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

उनकी श्रीमतिले गिरीविरुद्ध जबरजस्ती करणीको आरोपमा जिल्ला प्रहरीमा जाहेरी दिएकी थिइन् । गत असारमा न्यायाधीश भएर जिल्लामा पदस्थापन भएका गिरीको एक महिनाअघि काठमाडौंस्थित न्याय परिषद्‌मा सरुवा भएको थियो ।

गत मंसिरमा न्यायाधीश गिरीकी पत्नीले गिरीविरुद्ध हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी थिइन् । गिरीलाई उनकी पत्नीले कारबाहीको माग गर्दै नयाँ वानेश्वरस्थित संसद्‍ भवन अगाडि प्रदर्शनसमेत गरेकी थिइन् ।

उता श्रीमतीविरुद्ध पनि सरकारी कागजात किर्तेको उजुरी दर्ता भएकोमा उनलाई पनि पक्राउ गर्न जिल्ला अदालत बाँकेले अनुमति दिइसकेको छ । यसरी श्रीमान्लाई फसाउन खोज्दा न्यायाधीश दम्पती दुवै प्रहरीको खोरमा पुग्ने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !