![भूकम्प](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Earthquakes.jpg?fit=832%2C468&ssl=1)
बैतडी । बैतडीमा आज बेलुका लगातार दुईवटा भूकम्प गएका छन् । बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका भूकम्प गएको हो ।
दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा केन्दविन्दु बनाएर भूकम्प गइरहेको छ ।