९ असार २०८१, आइतबार

सिन्धुलीमा बस दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु, १९ घाइते


सिन्धुलीमा बस दुर्घटना

कमलामाई, सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !