२० असार २०८१, बिहिबार

जीव जन्तुका केही रमाइला तथ्यहरु


fly

१. झिंगा
तपाईं हामीमाझ झिंगा निकै परिचित कीट हो। तपाईंहरुलाई थाहा छ? झिंगा पृथ्वीमा ६ करोड ५० लाख वर्ष पहिले उत्पति भएको थियो। यद्यपि झिंगाको आयु १५ दिनदेखि एक महिनासम्मको हुन्छ।छोटो आयु भए पनि यो कीट आफ्नो संगीत कलामा पारंगत हुन्छ र जीवनभर सङ्गीतका सात सुर मध्ये ‘F’ नोटमा गुन गुनाउँछ।

२.अस्ट्रिच
अस्ट्रिच भन्ने चरा घोडाभन्दा चाँडो दगुर्न सक्छ र पुरुष प्रजातिले सिंहको जस्तो गर्जन निकाल्न सक्छ।
ast

३.चमेरो
थाहा छ ? मानिस र चमेरो प्रजातिमा के समानता छ ? दुवै स्तनधारी प्रजाती हुन्। तर चमेरो एक मात्र यस्तो स्तनधारी प्रजाती हो, जून उड्न सक्छ।
bat

४.कंगारु
कंगारुले आफ्नो पुच्छरद्वारा  शारीरिक सन्तुलन कायम राख्छ, यदि तपाईंले यसको पुच्छर जमिनबाट माथि उठाई दिनुभयो भने यो उफ्फ्रेर अगाडी बढ्न सक्दैन ।
red-kangaroo

५.माकुरो
सायद माकुरोदेखि तपाईं डराउनु हुन्छ! प्रति एकड हरियो जमिनमा ५० हजार माकुरा हुन्छन, बाफ रे!
OLYMPUS DIGITAL CAMERA

६.उपियाँ
उपियाँ आफ्नो शारीरिक उचाइको २०० गुना बढी उचाइ उफ्रन सक्छ। यदि मानिसको क्षमता यति हुने हो भने मानिस अमेरिकाको न्युयोर्क शहरको इम्पयेर स्टेट भवनको उचाई बराबर उफ्रन सक्छ।
upaya

७.हात्ती
हात्तीले ३ माइल टाढा रहेको पानीको स्रोत पत्ता लगाउन सक्छ र यो प्रजाती ३ स्तनधारी प्रजातिमध्ये पर्छ, जसको रजस्वला निश्चित कालखण्ड पछि रोकिन्छ। अरु दुइ स्तनधारी प्रजाती हुन् : व्हेल र मानव ।
elephants-1024x683

८.कमिला
संसारमा कति कमिलाहरु होलान्? कल्पना गर्न सक्नु हुन्छ? पृथ्वीमा सात अरब मानिसहरु छन् र प्रत्येक एक जना मानिसको गणना गर्दा लाखौं कमिलाको गणना गर्न सकिन्छ। कमिला तेस्तो प्राणी हो, जुन कहिल्यै सुत्दैन र यसको फोक्सो पनि हुदैन ।
ant-bridge_2302146k-640x400


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !