२९ कार्तिक २०८१, बिहीबार

बुबल्स प्रजातिको अर्ना गणना सुरु


arna

७ जेठ, इटहरी । विश्वमा नै दुर्लभ प्रजातिका रुपमा रहेको बबुल प्रजातिको सिमसार क्षेत्रमा पाइने भैँसी (अर्ना) नेपालको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मात्र छ । यसको वंश विस्तारका लागि एक वर्षअघि राष्ट्रिय निकुञ्जले चितवनको निकुञ्जमा पनि अर्ना संरक्षणका लागि १३ वटा अर्ना लगेर संरक्षित क्षेत्रमा पाल्दै आएको छ ।

विश्व रामसार सूचीमा पहिलोपटक सूचीकृत भएको सुनसरीको कोशीटप्पुु वन्यजन्तु आरक्षमा यही गएको चैत २८ देखि ३० गतेसम्म आरक्ष क्षेत्रभित्र गरिएको गणनामा आरक्ष क्षेत्रमा हाल ४४१ वटा अर्नाको रहेको उल्लेख छ । हरेक दुई वर्षमा अर्नाको गणना गरिन्छ ।

आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार यस वर्षको गणनामा आरक्ष क्षेत्रमा एक वर्ष उमेर समूहका ३८ वटा, दुई वर्ष उमेर समूहका पाडा अर्थात् बच्चा ४० र अर्ध वयस्क उमेरका ३५ वटा अर्ना गणनाको क्रममा फेला परेको आरक्ष प्रशासनले जनाएको छ ।

यसैगरी आरक्ष क्षेत्रभित्र वयस्क पोथी अर्ना १९१ वटा र वयस्क भाले अर्ना १३७ वटा गणनाका क्रममा फेला परेको उहाँले जानकारी दिनुभयो। विसं २०३२ मा आरक्षको स्थापना भएयता अर्नाको वृद्धिदर बढेर हाल ८.१ प्रतिशतमा पुगेको पनि तथ्याङ्कले देखाएको बताइएको छ ।

आरक्ष स्थापनाकालमा १७५ वर्गकिलोमिटर क्षेत्रमा नेपालमा पाइने चरामध्ये ५२७ प्रजातिका चरा, ११ वटा जंगली हात्ती, सातवटा सोस मगर गोही, ३४ वटा २०० प्रजातिका माछा र नीलगाई लगुना बँदेल चित्तल गिद्ध पानीहाँस खरमुजुर सीम तित्रा, गरुड, अजिङ्गरलगायत महत्वपूर्ण र दुर्लभ प्रजातिका जीवजन्तु पाइने कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र घरेलु भैँसीको अतिक्रमणकै कारणले दुर्लभ प्रजातिको अर्नाको वंश विस्तारमा प्रतिकूल प्रभाव परिरहेको आरक्ष र आरक्षसँग सम्बद्ध विज्ञले आँैल्याउँदै आएका छन् ।

अर्ना संरक्षण क्षेत्र, चराको स्वर्गभूमिदेखि अरुण उपत्यकाको आकर्षक र सुन्दर पुतली प्रजातिको सघनता भएको क्षेत्र आदिले लोकप्रिय यस क्षेत्रका संरक्षण प्रवद्र्धन र आवश्यक पूर्वाधार विकास एवं विस्तारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समेत यथेष्ट ध्यान दिन नसकेको मध्यवर्ती क्षेत्रका विज्ञहरुको टिप्पणी छ । उनीहरुले राज्यले विशेष ध्यान दिएर संरक्षण कार्यमा महत्व नदिएकैले अर्ना कुनैबेला संकटमा पर्न सक्ने पनि औँल्याउँदै आएका छन् ।

आरक्ष स्थापनाकालमा अर्नाको संख्या ६३ रहेकामा विसं २०७२ मा ४३२ पुगेको थियो । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १० पोथी र तीन भाले स्थानान्तरण गरिएको थियो ।

विंसं २०७२ चैतदेखि अहिलेसम्मको गणनामा कालगतिबाट पाँचवटा (चार पोथी र एक भाले) अर्ना मरेका छन् । कतिपय अर्ना एकापसमा आपसमा जुध्दा चारवटा भाले वयस्क अर्ना आफँै मरेको पनि आरक्षले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !