२६ बैशाख २०८१, बुधबार

तिन तहको निर्वाचन, ०७४ मंसिर सम्ममा: के पि अोली


kp oli

१ असार,२०७३ काठमाडौ, लोकसेवा आयोगको ६६ औं वाषिर्कोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री के.पि शर्मा अोलीले नयाँ संबिधान अनुरुप गर्नुपर्ने तिन तहको निर्वाचनका लागी आगामि बर्षको मंसिर सम्ममा सम्पन्न गर्ने रुपरेखा प्रस्तुत गरेका छन्, जसमा आउदो मंसिरमा स्थानिय निकाय, ०७४ बैशाखमा प्रदेशिक र ०७४ मंसिर मा प्रतिनिधिसभाको चुनाव गरिने भनिएको छ। अोलीले स्थानीय निकायलार्इ संविधानमा उल्लेख भए अनुसार स्थनीय तहकै रुपमा निर्वाचन गरिने उल्लेख गरे ।

दलहरुबीच सहमति हुन नसक्दा नयाँ संविधान जारी भएको ९ महिना सम्म संसदको नियमावली समेत बनाउन नसकेको र मधेसको समस्या समाधान नभइसकेको अवस्थामा प्रधानमन्त्रीले चुनावको रोडम्याप नै ल्याएका छन् । चुनावका लागि सत्तापक्ष, प्रतिपक्ष र मधेसी दल समेत एक ठाउँमा आउनुपर्ने हुन्छ ।

संविधानमा उल्लेखित व्यवस्थाहरु कार्यान्वयन गर्नका लागि सहयोग नगर्ने, संविधान अनुसार चल्न नखोज्ने, काममा व्यावधान गर्न खोज्ने । अनी यस्तो गरेर सरकार असफल हुन्छ भनेर सोंच्ने ?’ उनले यस्तै भइरहे सरकार मात्रै होइन सबै पक्ष असफल हुने बताए ।

हामी असफल भयौं भन्ने संविधानको व्यवस्था, उल्लेखित प्रावधान, अधिकार सबै कार्यान्वयन नहुने अवस्था सृजना हुन्छ । त्यस्ले कसैलाई फाइदा गर्दैन,’उनले भने ।

अर्को प्रसंगमा उनले सरकारले संवैधानिक आयोगहरुले गर्ने कामको स्वतन्त्रता, निष्पक्षताप्रति कनैपनि निर्देशन वा नियन्त्रित भूमिक निर्वाह नगर्ने बताए ।

‘संविधानले दिएको अधिकार कार्यान्वयन गर्न सबै आयोगहरु स्वतन्त्र छन्, उनले भने ‘हस्तक्षेप नगर्ने होइन कि त्यस्तो सोंचपनि सरकराले कहिल्यै राख्दैन । बरु आयोगलाई प्रभावकारी बनाउन सरकारको सहयोग रहने छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !