१३ आश्विन २०८१, आइतबार

राष्ट्रसङ्घका आवासीय प्रतिनिधि लेबेद्वारा ‘नमूना राष्ट्रसङ्घ छलफल’ को समुद्घाटन


आइसानी लेबे

काठमाडौँ । काठमाडौँको प्रज्ञा कुञ्ज स्कुलले आयोजना गरेको ३ दिने नमुना राष्ट्रसङ्घ छलफल कार्यक्रमको आज एक समारोहको वीच भव्य समुद्घाटन भएको छ । नेपालका लागि संयुक्त राष्ट्रसङ्घ विकास परियोजनाका नेपालस्थित आवासीय प्रतिनिधि आइसानी लेबेले पानसमा बत्ती बाली यस कार्यक्रमको उद्घाटन गरे ।

उद्घाटन सत्रमा बोल्दै उनले भोलिका कर्णधार आजका विद्यार्थी नै हुन् भन्दै कार्यक्रम सफलताको कामना गरे । यस्तो नमुना छलफलले विद्यार्थीहरूको सोच विश्वव्यापी बनाउन सहयोग गर्नुका साथै विश्वको वातावरण, विकास, सामाजिक, आर्थिक, राजनीतिक साथै सङ्कट निरूपण र निराकरणका उपायका बारेमा समेत ज्ञान हासिल गर्नमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतिनिधि लेबेले आफ्नो विद्यार्थी जीवन र अहिलेका विद्यार्थी जीवनको तुलना गर्दै प्रमुख प्राथमिकतामा पर्ने दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न यस्ता कार्यक्रम सहयोगी हुने पनि बताए । साथै उनले निजी विद्यालयले गर्ने यस्तो कार्यक्रम सामुदायिक तथा सरकारी विद्यालयमा पुर्याउनु र सहकार्य गर्न काठमाडौं प्रज्ञा कुञ्ज विद्यालयलाई आग्रह गर्दै यसले सम्पूर्ण राष्ट्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिनिधि लेबेलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्झना खरेल र प्रधानाध्यापक सुनिता पौडेलले खादा, पुष्प गुच्छा र कदर–पत्र सहित स्वागत गरेका थिए ।

उद्घाटन सत्रमा सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका सदस्य कपिल देव रेग्मीले प्रज्ञा कुञ्ज विद्यालयले सधैं नै युग सापेक्ष र व्यावहारिक शिक्षा दिने र यसै क्रममा यो तीन दिने कार्यक्रमले विद्यार्थीहरुमा समय सापेक्ष शिक्षा तथा समय अनूकुल ज्ञान, सीप र व्यवहारको विकास हुने बताए ।

यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा विश्वव्यापी चासो बढाएर आत्मविश्वासका साथ जीवन उपयोगी शिक्षा संवाहन गराउनु रहेको : ग्ल्का विद्यार्थी महासचिव अद्वैत थापाले बताए ।

:ग्ल् कार्यक्रम उद्घाटन सत्रमा ६५ वटा देशहरूलाई प्रतिनिधित्व गर्दै ८३ जना विद्यार्थीहरूले वातावरण, मानव अधिकार, स्वास्थ्य, अर्थ तथा वाणिज्य साथै अन्तर्राष्ट्रिय सुरक्षा लगायतका विविध विषयमा छलफल गर्ने छन् ।

 नमूना राष्ट्रसङ्घ छलफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !