२ मंसिर २०८१, आइतबार

बारामा गाेली प्रहारबाट घाइते भारतीय नागरिक व्‍यापारीको मृत्यु


मृत

बारा । बारा जिल्लामा गाेली प्रहारबाट घाइते भएका भारतीय नागरिक रहेका एक व्‍यापारीको मृत्यु भएको छ । बाराकाे महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएका भारतीय नागरिकको उपचारको क्रममा मृत्यु भएको हो ।

हाेटेलमा बसेर खाजा खाँदै गरेका भारत पिपरा गाउँका ४५ वर्षीय शिवपुजन यादवमाथि मोटरसाइकलमा आएका दुई जना व्यक्तिमध्ये एक जनाले गाेली प्रहार गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीका अनुसार छातीमा गाेली लागेर घाइते भएका भारतीय नागरिकको वीरगन्जस्थित एलएस न्यूराे अस्पतालमा उपचार भएको थियो । गोली लागेपछि एक प्रत्यक्षदर्शीले बताएअनुसार उनकाे अवस्था गम्भीर देखिएको थियो ।

प्रहरीले उक्त घटनाबारे थप अनुसन्धानसहित गाेली हानी फरार भएको खाेजीको लागि सो क्षेत्र र सीमा नाकामा व्यापक प्रहरी परिचालन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !