९ माघ २०८१, बुधबार

बन्दी जीवन बिताइरहेकी बालिकाको उद्धार


child

४ जेठ, राजविराज । राजविराजस्थित कारागारमा बन्दी जीवन बिताइरहेकी एक तीनवर्षीया बालिकाको उद्धार गरिएको छ ।

आफ्नै भतिजाको हत्याको आरोपमा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जीवन बिताइरहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिका पातोकी उर्मिला मण्डलकी तीन वर्षीया छोरी ज्योति मण्डलको उद्धार गरिएको कारागारका जेलर सत्यनारायण यादवले जानकारी दिनुभयो ।

आमाहरूका बच्चाको अधिकार र विकासका लागि कार्य गरिरहेको बन्दी सहायता नेपाल नामक संस्थाले कारागारमा आमासँगै बन्दी जीवन बिताइरहेकी ज्योतिको उद्धार गरेको संस्थाकी अध्यक्ष इन्दिरा रानामगरले जानकारी दिनुभयो ।

आमासँगै ज्यान मुद्दामा १४ महिनादेखि कारागारमा बन्दी जीवन बिताइरहेकी ज्योतिको उचित शिक्षा दिक्षा र उज्ज्वल भविष्यका लागि आमाको इच्छाअनुसार उद्धार गरिएको हो ।

यस्तै, बच्चाको उद्धारसँगै संस्थाले कारागारमा बन्दी जीवन बिताइरहेका महिला बन्दीहरूका लागि एकथान पानी तान्ने मोटर र अध्ययनका लागि केही पुस्तकसमेत उपलब्ध गराएको जिल्ला कारागारले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !