१२ बैशाख २०८१, बुधबार

सिरिजङ्घा समाजद्वारा योगेश भट्टराईलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त


सिरिजङ्घा समाजद्वारा योगेश भट्टराई

काठमाडौँ । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा योगेश कुमार भट्टराईलाई सिरिजङ्घा सरोकार समाज, नेपाल हार्दिक बधाई अर्पण गरेको छ ।

सिरिजङ्घा सरोकार समाज, नेपाल अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराई एक विज्ञप्ति जारी गर्दै समाजको तर्फबाट भट्टराईको कार्यकाल सफल रहोस् भनी हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् ।

जनताका अभिमतलाई बुझी प्राथमिकताका साथ सुशासन, कानुनी शासन, ताप्लेजुङको भौगोलिक विकासमा सबै क्षेत्रलाई समदुरीबाट हेरी विकास निर्माण र जनजीविकाका क्षेत्रमा स्थानीय, प्रदेश सरकार तथा सबै दलहरुकोे सहयोग लिई प्रभावकारी रुपमा क्रियाशील भई राष्ट्रिय राजनीतिमा पार्टी भन्दा देश, जनताको जित हुने गरी परिणाममुखी कार्य गर्न तथा नीति निर्माणमा लाग्न सक्नुहोस् भन्ने कामना पनि व्यक्त गरेको छ ।

कार्यकाल ऐतिहासिक र सुनौला अक्षरले लेख्न सक्ने यो अन्तिम मौका जनताले दिएका हुन् भन्ने मर्मलाई कहिल्यै नभुली कुनै पनि लोभ लालचा र प्रभावमा नपरी सच्चा, सत्य र सही बाटोमा लाग्ने आशा समेत लिएको उक्त समाजद्वारा जारी विज्ञप्तिमा उल्लख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !