११ बैशाख २०८१, मंगलबार

प्युठानमा जिप दुर्घटना : ३ जनाको मृत्यु, १२ घाइते


प्युठानमा जिप दुर्घटना

प्युठान । प्युठान जिल्लामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ घाइते भएका छन् । जिप हिजो मंगलबार मध्यरात १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

प्युठानको प्युठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा प्युठान नगरपालिका–५, पातलकटेरीका ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा जुनकी र ५२ वर्षीया मैमा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको हो ।

दुर्घटनामा परी घाइते हुने १२ जनाहरूमा प्युठान नगरपालिका–५ पूर्णगाउँका ३४ वर्षीया कीजगमाया महरा, ५० वर्षीया किगदी घर्ती, ५० वर्षीया डिलाराम घर्ती, ३१ वर्षीया बिरीकुमारी महरा, ४७ वर्षीया गोरी खत्री, ५२ वर्षीया फागुनीखत्री, २५ वर्षीया श्रीमायामहरा, ५८ वर्षीय रामे रोका, ३७ वर्षीय निमलाल घर्ती मगर, १८ वर्षीया कुमारी महरा, ४३ वर्षीया किनखी महरा र ३४ वर्षीया किनिमा खत्री छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !