१२ असार २०८१, बुधबार

बस दुर्घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त


शेरबहादुर देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासी पूर्वको बुलिङ्टारमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

उनले दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री देउवाले सो दुर्घटनाबाट घाइते भएकाहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

पाल्पाबाट गोरखाको मनकामना जाँदै गरेको एक बस आज बिहान नवलपरासी पूर्वको बुलिङ्टारमामा दुर्घटनाग्रस्त हुँदा ५ जनाको ज्यान गएको छ भने ३० जना घाइते छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !