१४ बैशाख २०८१, शुक्रबार

कालो चिया पिउँदाका फाइदाहरु


tea

प्राय चिया जाडो मौसममा पिउने गरिन्छ । चिया सबैलाई मनपर्ने गर्छ ।  कालो चिया पिउँदा बिभिन्न फाईदाहरु प्राप्त गर्न सकिन्छ तर कालो चिया धेरै कम मानिसले पिउने गर्छन् । दूध चियाको अत्यधिक प्रयोग स्वास्थ्यका लागि हानिकारक मानिन्छ तर कालो चिया स्वास्थ्यका लागि लाभदायी हुन्छ ।

कालो चिया पिउँदाका फाइदाहरु :

१. कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन ।
२. पाचन प्रणालीलाई समेत व्यवस्थित गर्ने काम गर्छ जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ ।
३. नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्नुका साथै मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ ।
४. शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउँदै लैजाने काम गर्छ ।
५. शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोशिकालाई हटाउने काम गर्छ ।
६. यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !