१२ आश्विन २०८१, शनिबार

शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा आज सार्वजनिक बिदा


गृह मन्त्रालय

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारले जोशीको सम्मानमा आज सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले हिजो सोमबार एक विज्ञप्ति जारी गरी आज कार्तिक १ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका थिए ।

जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा आज मंगलबार सार्वजनिक बिदा दिएको हो । आज नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

जोशीको १०३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आइतबार बिहान निधन भएको थियो ।

यस्तो छ हेर्नुहोस् गृह मन्त्रालयले निकालेको सूचना

गृह मन्त्रालयले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !