२ कार्तिक २०८१, शुक्रबार

सुनुवाइ सार्दै अदालत, कात्तिक १ सम्म टुकुचामाथि डोजर चलाउन नपाउने


टुकुचा खोला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेसम्म टुकुचामाथि रहेका संरचना भत्काउन डोजर चलाउन नपाउने भएको छ ।

काठमाडौं महानगरले टुकुचामाथिका संरचना भत्काउने निर्णयविरूद्ध परेका रिटमाथिको सुनुवाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट एउटा प्रतिवेदनको प्रमाणित प्रतिलिपि प्राप्त नभएको भन्दै कात्तिक १ गतेसम्मको लागि सरेको हो ।

टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू भत्काएको भन्दै उच्च अदालतमा परेको रिट न्यायाधीश टेकप्रसाद ढुंगाना र विमल सुवेदीको इजलासमा परेको थियो ।

यसअघि उच्च अदालत पाटनले टुकुचा खोला मिचेर खोला भूमिगत बनाइएका ठाउँमाथि बनेका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !