८ मंसिर २०८१, शनिबार

अछाम पहिरो (अपडेट) : मृत्यु हुनेको संख्या १५ जना पुग्यो, ८ जना बेपत्ता


अछाम पहिरो

अछाम । अछामको विभिन्न भागमा पहिरो जाँदा मृत्यु हुनेको संख्या १५ जना पुगेको छ भने ८ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । पहिरोमा पुरिएका १५ जनाको शव निकालिएको छ । लगातारको वर्षा र पहिरोमा परी यहाँ जनधनको क्षति भएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँगै पहिरो जाँदा कमलबजार नगरपालिकामा पहिरो जाँदा सबैभन्दा बढी १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलबजार नगरपालिका-६ ठाँटीखाँदमा ७ जना, वडा नं. ८ मा ५ जना गरी १२ जनाको मृत्यु भएको हो ।

तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौ जना बेपत्ता भएकामा दुई जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । बर्सात्का कारण उक्त क्षेत्रको सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

यस्तै तुर्माखाँद गाँउपालिका-५ मा २ जना र ढकारी गाँउपालिका-६ मा १ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । पहिरोमा परेका ८ जनाको अवस्था अझै अज्ञात रहेको छ । उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 अछाम पहिरो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !