११ श्रावण २०८१, शुक्रबार

अछाममा पहिरो जाँदा पुरिएर १२ जनाको मृत्यु


अछाममा पहिरो

धनगढी । अछाम जिल्लामा पहिरोले वितण्डा मच्चाएको छ । अछामका तीन पालिकामा पहिरो जाँदा पुरिएका १२ जनाको मृत्यु भएको छ ।

अछामको कमलबजार नगरपालिका र ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको हो ।

अछामको कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा ५ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

यस्तै ढकारी गाउँपालिका २ जनाको र तुर्माखाँद गाउँपालिकामा २ जनाको मृत्यु भएको उनले बताए । जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएको अन्य ३ जनाको मृत्यु भएको छ ।

उनीहरुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी गरेर शव फेला पारेका हुन् । सवै मृतकको शव फेला परिसकेको छ भने अन्य वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ । उनले थप विवरण आउन बाँकी रहेको बताए ।

यसैबीच अछामबाट निर्वाचित एमालेका सांसद डा. भीम रावलले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले तत्काल उद्धार, राहत र घाइतेहरुको उपचारको व्यवस्था गर्न सरकारसंग माग पनि गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !