१५ बैशाख २०८१, शनिबार

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक


धनकुमारी राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । एकीकृत समाजवादीका सचिव समेत रहेका राईकी आमा धनकुमारी राईको आज सोमबार बिहान ८४ वर्षको उमेरमा निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारका लागि आजै गृहजिल्ला भोजपुर लगिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !