१३ बैशाख २०८१, बिहिबार

मेयर साहको निर्देशनमा सुरज आर्केडको बेसमेन्टका पसल हटाइँदै


सुरज आर्केड

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित सुरज आर्केडको बेसमेन्ट खाली गराउने तयारी गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशनमा सुरज आर्केडको बेसमेन्टका पसल हटाइने भएको हो ।

सुरज आर्केडको बेसमेन्ट खाली गराउनको लागि महानगरपालिकाको टोली अहिले सुरज आर्केड पुगिसकेको छ । महानगरको निर्देशनपछि सुरज अर्केडको बेसमेन्टमा रहेको पसलले सामान हटाउन सुरु गरेका हुन् ।

अहिले व्यापारीहरुले धमाधम पसलमा सामानबाहिर निकालिरहेका छन् । अर्केडमा बनाएको अनधिकृत सरचना भत्काउन महानगरपालिले दुईवटा डोजर तयार पारेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !