७ मंसिर २०८१, शुक्रबार

राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ एरिया महानगरले खाली गरायो


राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ एरिया महानगरले खाली गरायो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग पार्किङ एरिया खाली गराएको छ । आज शुक्रबार मेयर बालेन शाहको उपस्थितिमा विभागको भवनमा रहेको अण्डर ग्राउण्ड पार्किङ खाली गराइएको हो ।

महानगरका प्रहरीका एसपी राजु पाण्डेकाे नेतृत्वमा अण्डरग्राउण्ड प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।ट्राफिक व्यवस्थापनका लागि महानगरले अण्डर ग्राउण्ड पार्किङ व्यवस्थापन गर्न जोड दिँदै आएको छ ।

अनुगमनका लागि महानगरको टोली शुक्रबार राहदानी विभागको कार्यालय पुगेको थियो । सोही क्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको विभागको कुर्सी हटाएर पार्किङका लागि व्यवस्थापन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !