१३ बैशाख २०८१, बिहिबार

दार्चुलामा जीप दुर्घटना : ५ जनाको मृत्यु, ६ जना घाइते


दार्चुलामा जीप दुर्घटना

दार्चुला । दार्चुला जिल्लामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ४ जना पुरुष र १ महिला रहेका छन् । मृतकहरुको अहिलेसम्म सनाखत हुन् सकेको छैन ।

यस्तै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा २ जना पुरुष, ३ जना महिला र चालक रहेका छन् । प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउने तयारी भई रहेको छ ।

जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो । जीप गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको थियो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी घटनास्थल पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !