१२ श्रावण २०८१, शनिबार

बझाङमा एकै परिवारका तीन जना झुन्डिएको अवस्थामा मृत फेला


शव फेला

धनगढी । बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन् ।

उनीहरु झुन्डिएको अवस्थामा भेटिएको बुंगल नगरपालिका वडा नं ९ का वडाध्यक्ष हरिश सिंहले जानकारी दिए । स्थानीय पुष्कर पार्कीकी २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीया छोरा मोहित पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा अध्यक्ष सिंहले बताए ।

उनीहरु घरभन्दा डेढ सय मिटर परको बेडुँको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको उनले बताए । गएराति मृतक गीताका श्रीमान् पुष्कर भारतबाट घर आएका सिंहले वडाध्यक्ष बताए ।

जिल्लाबाट आएका प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ गएको छ । स्थानीय प्रहरीले घटनास्थल शिल गरेको छ भने गए राति मात्र भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !