१२ असार २०८१, बुधबार

सुन तस्करीकाण्डमा राजनीतिक व्यक्तिहरुको पनि संलग्न हुनसक्ने नेता केसी दावी


Arjun

२५ वैशाख, काठमाण्डौ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पटकपटक गरि क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा सरकारी निकायमा प्रहरीलाई मात्रै संलग्नता देखाउनु अनुसन्धान प्रक्रिया फितलो भएको बताएका छन्

उनले सुन तस्करीकाण्ड प्रहरीको साथले मात्रै सम्भव नभएको र थप राजनीतिक व्यक्तिहरु पनि संलग्न हुनसक्ने बताए । व्यक्ति पक्राउ पर्नु तर सुन फेला पार्न नसक्नु पनि गृह प्रशासनको लाचारीपन भएको केसीले बताए ।

केसीले भने, ‘पारदर्शी तरिकाले अनुसन्धान सरकारले गर्ने हो भने कुन पदमा को कहाँ थिए ? कुन-कुन व्यक्ति हुँदा सुन भित्रिएको थियो । गम्भिर तरिकाले अनुसन्धान हुनुपर्छ ।’

संलग्न सबैलाई कारवाहि गर्ने आँट सरकारमा हुनुपर्ने उनले बताए । अनुसन्धानको पाटो लामो हुनसक्ने बताउँदै केसीले राजनीतिक दलका नेता संलग्न भएको भेटिएपनि कारवाहि हुनुपर्ने वताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !