१५ जेष्ठ २०८१, मंगलबार

कृषकलाई पेन्सन दिने प्रक्रिया अन्तिम चरणमा


farmer

६० बर्ष पुगेका किसानलाई पेन्सन दिएर रिटायर्ड जीवन,यूवा पुस्तालाई कृषिमा प्रवेश गराउने सरकारको योजना,कृषिमा आधुनिकरण गर्न देशभर २१ सय वटा पकेट क्षेत्र बनाउन आवश्यक बजेटको निकासा गरिने
कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषकलाई पेन्सन योजना कार्यान्वयनको अन्तिम चरणमा रहेको बताउँनुभएको छ । कृषि क्षेत्रमा आधुनिकरण सहित यूवालाई समेत आर्कषित गर्न पेन्सन सेवालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन मन्त्रालयले गृहकार्य गरिरहेको बताउँनुभयो ।

सम्मानजक रुपमा पेन्सन उपलब्ध गराइन लागेको जानकारी दिदै उहाँले पेन्सनले किसानलाई सम्मान पुग्ने र यसबाट कृषिमा आर्कषण बढ्ने बताउँनुभयो ।

६० बर्ष पुगेका किसानलाई पेन्सन दिएर रिटायर्ड जीवन
६० बर्ष पुगेका किसानलाई पेन्सन दिएर रिटायर्ड जीवन बिताउने र यूवा पुस्तालाई कृषिमा प्रवेश गराउने योजना समेत सरकारको रहेको मन्त्री गजुरेलले बताउँनुभयो ।

उहाँले कृषिमा आधुनिकरण गर्न देशभर २१ सय वटा पकेट क्षेत्र बनाउन आवश्यक बजेटको निकासा समेत गरिने बताउँनुभयो ।

दैनिक खाडि सहितका देशमा रोजगारको लागि गइरहेका यूवालाई आफ्नै गाउँमा रोजगारको ब्यवस्था गराउन पुरानो कृषि प्रणालीलाई निरुत्साहित गदैं आधुनिक प्रविधि, सुचना र सञ्चारकोे प्रयोगलाई प्राथमिकतामा राखिएको उहााँले बताउँनुभयो ।

नीति तथा कार्यक्रममा पेन्सन दिने कार्यक्रम समावेश भएपनि बजेटमा सम्भाब्यता अध्ययन भनेर राखिएपछि तत्कालै त्यसलाई सच्चाउन अर्थमन्त्रीलाई अनुरोध गरेपछि बजेट समेत बिनियोजन गर्ने प्रतिबद्धता आएको उहाँले बताउँनुभयो ।

कृषि विकास कार्यालयको गतिविधि बुझ्न र किसानसंग भेटघाट गर्न म्याग्दीमा आउँनुभएका मन्त्री गजुरेलले देशमा किसानको महत्वपुर्ण योगदान रहेकाले त्यसको उच्च मुल्याङ्कन गदै चार तहमा किसानलाई बर्गिकरण गरेर कृषकलाई परिचय पत्र दिने बताउँनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !