२१ बैशाख २०८१, शुक्रबार

अछाममा पहिरो : एकै परिवारका ३ जनाको मृत्यु, १ जना घाइते


अछाममा पहिरो

अछाम । अछाममा पहिरोले एउटा घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । अछामको तुर्माखाँद गाउँपालिका-२ भुलुमा पहिरोले घर पुरिँदा एउटै परिवारका ३ जनाको मृत्यु भएको हो ।

छामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार घरभित्र सुतिरहेका ३ जनाको पहिरोबाट मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना पुरुष र एक महिला छन् । उनीहरुको परिचय खुल्न बाँकी छ । यसैगरी घाइतेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भुलुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराति करिब १२ बजे घरमाथिबाट पहिरो खसेको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा २५ वर्षीय वीरेन्द्र विष्ट,१५ वर्षीय संविधान विष्ट र ४५ वर्षीया हरिकला विष्ट रहेका छन् ।

पहिरोमा पुरिएर एक जना घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।पहिरोमा पुरिएर पाँच बाख्रा पनि मरेका छन् ।

दुर्गम क्षेत्र भएकाले त्यहाँ सम्पर्क हुन कठिन भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा गएराति नै प्रहरीको टोली खटिए पनि अझै पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !