१२ आश्विन २०८१, शनिबार

जोरपाटीमा निस्किएको लेदो माटो र पानीको फोहोरा ‘मिथेन ग्याँस’ भएको पुष्टि


पानीको फोहोरासहित ग्यास

काठमाडौँ । काठमाडौंको जोरपाटीस्थित चामुण्डामा निस्किएको लेदो माटो र पानीको फोहोरा ‘मिथेन ग्याँस’ भएको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अधिकारीहरुले घरको बोरिङ खन्ने बेलामा निस्किएको फोहोरा मिथेन ग्याँस भएको पुष्टि गरेको हो ।

खानी विभागका अनुसार काठमाडौंको जमिनमुनि चट्टान नहुने हुँदा कुनै भागमा मिथेन ग्याँस जम्मा भएर बसेकोले त्यसरी माटो र पानीको फोहोरा बाहिर आएको हो । काठमाडौँका विभिन्न ठाउँमा यसअघि पनि बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्कने गरेको समाचार सार्वजनिक हुने गरेको थियो ।

स्थानीय सन्तवीर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको थियो । बोरिङ खन्ने क्रममा आज सोमबार बिहान बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको थियो ।

आज बिहान निस्किएको माटोको लेदो र पानीसहितको फोहोरा निस्किएपछि अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको थियो । माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !