१२ आश्विन २०८१, शनिबार

जोरपाटीमा बोरिङ खन्दा लेदो माटो र पानीको फोहोरासहित निस्कियो ग्यास


पानीको फोहोरासहित ग्यास

काठमाडौँ । काठमाडौंको जोरपाटीस्थित चामुण्डामा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको हो ।

बोरिङ खन्ने क्रममा आज सोमबार बिहान बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको थियो । सम्भावित दुर्घटना हुन नदिन प्रहरी र स्थानीयले सो क्षेत्रमा आगो बाल्न दिएका छैनन् ।

आज बिहान निस्किएको उक्त फोहोरा अहिले पनि निरन्तर जारी रहेको प्रहरी वृत्त बौद्धले जनाएको छ । माटोको लेदो र पानीसहितको फोहोरा निस्किएपछि अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको छ ।

माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरीले जनाएको छ । काठमाडौँका विभिन्न ठाउँमा यसअघि पनि बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्कने गरेको समाचार सार्वजनिक हुने गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !