१४ बैशाख २०८१, शुक्रबार

चितुवाको आक्रमणमा काठमाडौंमा एकै परिवारका ५ जना घाइते


चितुवाको आक्रमण फाइल फोटो

काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणमा एकै परिवारका ५ जना घाइते भएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाको आक्रमणमा परी एकै परिवारका ५ जना घाइते भएका हुन् ।

हिजो बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिकाको भीमढुङ्गास्थित ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेर आक्रमण गरेको प्रहरीले जनाएको छ । घरमा आएको चितुवा धपाउने क्रममा आक्रमण गर्दा भट्टराईसहित उनको परिवारका ५ जना घाइते भएका हुन् ।

घाइतेहरु पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू सामान्य बोल्न सक्ने अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ । काठमाडौंमा हरेक वर्ष बाक्लो बस्तिमा पसेर चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !